अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले
सारांश
- १३ वैशाख, धनगढी ।
- अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ ।
- शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् ।

१३ वैशाख, धनगढी ।
अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया