त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १० वैशाख, काठमाडौं ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् ।
  • अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ क्षेत्रबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त रकमसहित भारतीय नागरिक पक्राउ परेकी हुन् ।

 

१० वैशाख, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ क्षेत्रबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त रकमसहित भारतीय नागरिक पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा ४० वर्षीया सोनी गुरुङ छिन् ।

उनलाई विमानस्थल प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । उनी इन्डिगो एयरको उडानमार्फत भारतको दिल्ली जाने क्रममा पक्राउ परेकी हुन् । प्रहरीका अनुसार, उनको सुटकेसमा प्याग गरिएको अवस्थामा डलर फेला परेको हो । गुरुङमाथि अनुसन्धान गर्न प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना
दुई दशकपछि सडक स्तरोन्नति
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
हाइसको ठक्करबाट एकको ज्यान गयो
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता