प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ वैशाख, काठमाडौं ।
  • राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् ।
  • मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

 

९ वैशाख, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्‍यो,’ गौतमले भने, ‘यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यीनिहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ ।’ उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे ।

नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनले बताए । ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्‍यो । त्यसपछि बसेर योजना बनाउनुपर्‍यो । पिउने पानीदेखि विद्यालयसम्म जतिपनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन
काठमाडौं–मन्थली सडक अवरुद्ध
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
प्रतिनिधि सभा को बैठक आज पनि बस्दै
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”