सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ वैशाख काठमाडौँ,  : सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
  •  न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा एघारौँ नम्बरमा पेसी तोकिएको छ ।
  • अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै चैत १३ गते  रिट निवेदन दर्ता गरेका थिए ।

 

९ वैशाख काठमाडौँ,  :

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा एघारौँ नम्बरमा पेसी तोकिएको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै चैत १३ गते  रिट निवेदन दर्ता गरेका थिए ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १८ र वडा नं. २५  भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा अत्यधिक विलासितायुक्त आवास निर्माण गरी दोहोरो सुविधा प्रदान गरिएको छ ।  भुसालले दोहोरो सुविधा निषेध गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी अनावश्यक रूपमा लिइएका आवास सुविधाको वित्तीय अडिट गरी राज्य कोषमा फिर्ता गराउन र राज्य स्रोतको सदुपयोग सुनिश्चित गर्दै आर्थिक अनुशासन कायम राख्न सरकारका नाममा परमादेश जारी गर्न रिट निवेदनमा माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
यस्तो छ तपाईको आजको राशिफल
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक
रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
दार्चुलामा आप्रवासी स्रोत केन्द्र
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु