गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ५ वैशाख, नवलपरासी ।
  •   नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् ।
  • गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो ।

५ वैशाख, नवलपरासी । 

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो । गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी माध्यमिक विद्यालयसँग गाभिएको हो । त्यस्तै गैँडाकोट–५ को सरस्वती आधारभूत विद्यालयबाट अर्को विद्यालय दुई सय मिटरको दूरीमा भएपछि जनक नमूना माध्यमिक विद्यालयसँग गाभिएका उहाँले जानकारी दिनुभयो । भौगोलिक हिसाबले नजिकै भएका तथा विद्यार्थी सङ्ख्या थोरै भएका सामुदायिक विद्यालयलाई एकआपसमा गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको अधिकारीले बताउनुभयो । “नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटा कार्यदल गठन गरिएको थियो”, उहाँले भन्नुभयो, “सोही कार्यदलको प्रतिवेदनका आधारमा थप विद्यालय पनि मर्ज हुने तयारीमा छन् ।”

नगर कार्यपालिकाको निर्णयअनुसार नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय ‘विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल’ गठन गरिएको थियो । यस कार्यदलले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यविधि र नियम बनाएर काम भइरहेको अधिकारीले जानकारी दिनुभयो । कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजक एवं नगर शिक्षा अधिकारी चापागाईंले जानकारी दिनुभयो । “भौगोलिक रूपमा विकट भएका वडा नम्बर ३ र १८ मा विद्यार्थी सङ्ख्या बढाउन तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आवासीय विद्यालय सञ्चालन र कक्षा घटुवा गर्नेगरी प्रतिवेदन दिएका छौँ”, उहाँले भन्नुभयो, “यी दुई पहाडी वडामा रहेका विद्यालय मर्ज गरेर जाँदा विद्यार्थीलाई पढ्न कठिन हुने भएकाले विद्यार्थीको सुविधाका लागि कक्षा घटुवा तथा आवासीय विद्यालय निर्माण गर्ने प्रतिवेदन दिएका हौँ ।”

वडाका अन्य स्थानमा भने सरकारले जारी गरेको नियमअनुसार विद्यालय समायोजन गर्ने तयारी गरिएको चापागाईंले बताउनुभयो । उहाँका अनुसार १८ वटा वडा रहेको गँैडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय छन् । नगरभित्र सञ्चालित विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका उल्लेख गर्दै नगर शिक्षा अधिकारी चापागाईंले त्यसमध्ये ५० भन्दा कम विद्यार्थी हुने विद्यालय आठ वटा रहेका जानकारी दिनुभयो । एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमा सात सय ८६ विद्यार्थी अध्ययनरत छन् ।

ती विद्यालयमा ६२ जना शिक्षक कार्यरत रहेका जनाउँदै विद्यार्थी भर्ना अभियान जारी गएर विद्यार्थी सङ्ख्या बढाउनुपर्ने अवस्था रहेको चापागाईंले बताउनुभयो । शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक, पहाडमा ४५ विद्यार्थी बराबर एक र तराई एवं उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ । अहिले सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भने पनि सामुदायिक विद्यालयका शिक्षक सङ्घीय राजधानी काठमाडौँ केन्द्रित प्रदर्शनमा हुँदा विद्यार्थी भर्ना अभियान सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
सुदूरपश्चिम सरकारमा राजनीतिक हलचल : मन्त्री चौधरी बर्खास्त
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू