ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २ वैशाख, काठमाडौं ।
  • ललितपुरको च्यासलमा मृत भेटिएकी ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या भएको खुलेको छ ।
  • दुर्गाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाइ १५ वर्षीय नाबालकलाई पक्राउ गरेको छ ।

 

२ वैशाख, काठमाडौं ।

ललितपुरको च्यासलमा मृत भेटिएकी ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या भएको खुलेको छ । दुर्गाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाइ १५ वर्षीय नाबालकलाई पक्राउ गरेको छ । गएको शुक्रबार च्यासलस्थित एक घरको पानी ट्यांकीभित्र दुर्गाको शव भेटिएको थियो । पानीमा सड्ने अवस्थामा पुगेको शवबारे अनुसन्धान गर्दै जाँदा दुर्गाको हत्या उनकै सहोदर दाइले गरेको खुलेको प्रहरी स्रोत बताउँछ । बझाङ स्थायी घर भएको बोहरा परिवार च्यासलको एक घरमा भाडामा बस्दै आएको थियो ।

च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । उनका बुवाले चैत ४ गते नै दुर्गा हराएको निवेदन प्रहरी प्रभाग मंगलबजारमा दिएका थिए । प्रहरीका अनुसार, दुर्गाका दाइले घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । हत्यापछि उनले घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छपेका थिए ।यसरी भेटिएको थियो शव चैत ४ गतेदेखि नै हराएकी दुर्गाको शव झन्डै एक महिनापछि मात्रै फेला परेको हो । दुर्गाको हत्या हुनु एक हप्ताअघि मात्रै दुर्गाको परिवार च्यासलबाट अर्को ठाउँ सरेको थियो । दुर्गाको परिवार बस्दै आएको च्यासलको घरमा हेटौँडाका सञ्जय बोगटीको परिवार सर्‍यो । भुइँतलामै रहेको कोठानजिकै थियो, बाथरुम ।

तर, बाथरुम दुर्गन्धित थियो । सुरुमा सञ्जयको परिवारले फोहोर भएर बाथरुम गन्हाएको ठान्यो । उनीहरू बाथरुम र नजिकै रहेको ट्यांकी सफा गर्न पुगे । तर, ट्यांकी सफा गर्ने बेला ट्यांकीभित्र मानिसको खुट्टाजस्तो देखिएपछि उनीहरू झस्किए । तुरुन्तै घरबेटीलाई खबर गरे ।घरबेटीले तत्कालै प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव निकालेको थियो । शव दुर्गाको भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । शव भेटिएको चार दिनपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले दुर्गाको हत्याका आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।पक्राउ परेका दाइमाथि प्रहरीले सुरुदेखि नै आशंका गरेको थियो ।

तर, उनले निरन्तररूपमा हत्या अस्वीकार गरे । तर, उनकै भूमिका थप शंकास्पद लागेपछि प्रहरीले सोधपुछ गर्दा उनले सोमबार हत्या स्वीकार गरेका हुन् । प्रहरीका अनुसार, कोठा सरेको दुई दिनपछि लुगा छुट्यो भन्दै पुरानो डेरा पुगेका दाजुबहिनीले लागुऔषधसमेत सेवन गरेको खुलेको छ । सोही विषयमा विवाद हुँदा दाजुले बहिनीको हत्या गरेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले हत्या उनकै दाइले गरेको स्वीकार गरेको बताए । पक्राउ परेका युवामाथि अनुसन्धान सुरु भएको छ । मंगलबार प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
धवलशमशेर राणालाई छाड्ने तयारी
कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
यस्तो छ तपाइको आजको राशिफल