मधेश प्रदेश सभा बैठक : सरोज सिंहले मागे भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २८ चैत,  जनकपुर ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहाले मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको राजीनामा मागेका छन् ।
  • बिहीबार प्रदेश सभाको चौथो अधिवेशनको २३औं बैठकमा बोल्दै कुशवाहाले मन्त्री यादवको राजीनामा मागेका हुन् ।

 

२८ चैत,  जनकपुर ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहाले मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको राजीनामा मागेका छन् । बिहीबार प्रदेश सभाको चौथो अधिवेशनको २३औं बैठकमा बोल्दै कुशवाहाले मन्त्री यादवको राजीनामा मागेका हुन् । कुशवाहाले सरकारका प्रतिनिधि र मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘मन्त्री यादवले सदनको गरिमामाथि प्रहार गरेका छन् । उनको अभिव्यक्तिले सरकारको गरिमालाई खस्काएको छ ।

यसबाट प्रदेश सभाका १०७ जना सांसदको गरिमाथि पनि प्रश्न खडा भएको छ ।’ कुशवाहाले बुधबारको प्रदेश सभा बैठकमा मन्त्री यादवले तथ्यहीन र आधारविहीन शब्दहरू प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘मन्त्री यादवको अभिव्यक्तिले सरकारको सम्मान घटाएको मात्र नभइ उनले झुटो बोलेर आम जनतालाई भ्रमित गरेका छन् । यसबाट सदन पनि दिग्भ्रमित भएको छ ।’ कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’ प्रदेश सभा सदस्य कुशवाहाले सरकारको प्रभावकारीता र नेतृत्वको अभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, ‘मन्त्री यादवका कारण नागरिक, राजनीतिक दल र संसद सबै अस्तव्यस्त भएको छ ।

यस्तो अवस्थामा उनले आफ्नो पदबाट राजीनामा दिनु पर्छ ।’ उनका अनुसार प्रदेश सरकारको असफलताका कारण मधेश प्रदेशको समग्र विकास प्रभावित भइरहेको छ । जनताको विश्वासको कमी भइरहेको छ । यसअघि, प्रदेश सभा बैठकमा मन्त्री यादवले विपक्षी दलका आरोपहरूको खण्डन गर्दै सरकारको तर्फबाट जवाफ दिएका थिए । मन्त्री यादवले प्रदेशका सांसदहरूले योजनाहरूलाई आफ्नो स्वार्थका लागि बार्गेनिङ गर्ने गरेको बताएका थिए । चालु आर्थिक वर्षमा मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कुल पुँजीगत खर्च १२ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ । यसमा प्रदेश सभा सदस्यहरूको योजनामा लगभग २ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको छ । यो रकम ५ करोडदेखि डेढ करोडसम्मका विभिन्न योजनाहरूमा बाँडिएको छ । यही योजनामा २ अर्ब २७ करोड रकम नयाँ बहुवर्षीय योजनाका लागि छुट्याइएको छ भने पुरानो बहुवर्षीय योजनामा १ अर्ब २० करोड रकम तोकिएको छ ।

साथै, म्याचिङ फन्ड, संघीय प्रादेशिक सडक पूर्वाधार कार्यक्रम र प्रादेशिक स्थानीय सडक पूर्वाधार कार्यक्रमका लागि पनि रकम छुट्याइएको छ । मन्त्री यादवले नेपाली कांग्रेस र लोसपा गठबन्धनसँग भागबन्डा भएको १९ करोड रुपैयाँ बराबरका ४७ वटा योजनाहरू कांग्रेसलाई दिइएको बताएका थिए । यसका अतिरिक्त अन्य दलका सांसदहरूका लागि २१ करोड रुपैयाँ बराबरका योजनाहरू छुट्याएर उनीहरूको निर्वाचन क्षेत्रमा विनियोजन गरिएको उनले बताएका थिए । सांसदहरूले बुझेका योजनाहरूको विवरण प्रस्तुत गर्दै मन्त्री यादवले मधेश प्रदेशका १०७ जना सांसदहरूले भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा १ हजार २३२ वटा योजनाका चिठ्ठी बुझेको बताएका थिए । त्यसमा नेकपा एमालेका २५ सांसदहरूले २४० योजना, नेपाली कांग्रेसका सांसदहरूले २४८ योजना र अन्य दलका सांसदहरूले विभिन्न योजनाहरू बुझेको उनले बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी