भूराजनीतिका कारण अर्थतन्त्र दबाबमै छः उद्योगमन्त्री भण्डारी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २८ चैत, काठमाडौं ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोभिड १९ र भूराजनीतिका कारण अर्थतन्त्रमा दबाबको सिर्जना भएको बताएका छन्।
  • नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा उद्योग दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै उहाँले ती चुनौतीलाई समाना गर्दै अर्थतन्त्रलाई लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न सरकार दृढ रहेको बताएका हुन्।

 

२८ चैत, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोभिड १९ र भूराजनीतिका कारण अर्थतन्त्रमा दबाबको सिर्जना भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा उद्योग दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै उहाँले ती चुनौतीलाई समाना गर्दै अर्थतन्त्रलाई लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न सरकार दृढ रहेको बताएका हुन्।

उनले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै स्वदेशी उत्पानलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन गर्ने सरकारको नीति नै रहेको बताए।  लगानीमैत्री वातारण सिर्जनाका लागि सरकारले कानूनहरू संशोधन गरेको उनको भनाइ छ।उद्योगमन्त्री भण्डारीले भने– ‘उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ। स्वदेशी उत्पानलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा विभिन्न प्रयासहरू थालेका छौं।

महासंघको प्रयासमा लगानीसम्मेलनको बेला विभिन्न ८ ओटा कानुनहरू परिमार्जन गरी कार्यविधि र नियमावली समेत बनाइएको छ। केही समय अघि २९ ओटा कानूनहरू संशोधन गरेर लगानी आकर्षण गर्ने सहज वातावरण बनाएको छ।’ मन्त्री भण्डारीले दुई पक्षीय लगानी सम्झौताको विषय उद्योग वाणिज्य महासंघले उठाउँदै आएकोमा त्यस्तो सम्झौताको खाका मन्त्रिपरिषद्ले पारित समेत गरेको मन्त्री भण्डारीले सो अवसरमा बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?