थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन् ।
  • एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्यान्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।

 

२३ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन् । एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्यान्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।

थाइल्यान्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसंख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए । ‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्ररुपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ ती कानुनको सही रुपमा कार्यान्वयन हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य हुनुपर्ने बताए । ‘हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरू धेरै राम्रा छन् । थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरु खुलेको छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेकवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको संख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?