नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत, काठमाडौँ –  नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ ।
  • प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।
  • निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ ।

 

२३ चैत, काठमाडौँ – 

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन्, भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् ।  बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ