तयार भयो समाजवादी मोर्चाको मञ्च, प्रदर्शनीमार्गमा सवारी निषेध

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १५ चैत, काठमाडौं ।
  • समाजवादी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शनीमार्गमा मञ्च व्यवस्थापनको तयारी सकेका छन् ।
  • ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौं, गणतन्त्रको सम्बर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षण गरौं,’ नारा लेखिएको ठूलो रातो ब्यानर राखिएको छ ।

 

१५ चैत, काठमाडौं ।

समाजवादी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शनीमार्गमा मञ्च व्यवस्थापनको तयारी सकेका छन् । ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौं, गणतन्त्रको सम्बर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षण गरौं,’ नारा लेखिएको ठूलो रातो ब्यानर राखिएको छ । आज बिहान नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रदर्शनीमार्ग पुगेर मञ्च व्यवस्थापनबारे जानकारी लिएका छन् ।

मञ्च बनाउने जिम्मा समाजवादी मोर्चाको मुख्य घटक नेकपा माओवादी केन्द्रले लिएको थियो । रातिदेखि नै माओवादी नेता कार्यकर्ताहरु प्रदर्शनीमार्गमा खटिएका थिए । मञ्चको तयारीका लागि प्रदर्शनीमार्गमा सवारी आवागमन बन्द गरिएको छ । रत्नपार्क–भद्रकाली सडकखण्डबाट राष्ट्रिय सभा गृहतर्फ मोडिने ठाउँ र न्यूप्लाजा–पुतलीसडक सडकखण्डको पद्मोदय स्कुलनेरबाट रत्नराज्य क्याम्पसतर्फ जाने सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । सधैं व्यस्त हुने गरेको यो सडकखण्डमा आज गाडीहरु नदेखिँदा सुनसान देखिन्छ । स्वयंसेवकको टोली मञ्च व्यवस्थापनमा खटिएको छ । मञ्चमा झण्डा, ब्यानर राख्ने र साउण्डसिस्टम जोड्ने काममा कार्यकर्ताहरु सक्रिय छन् । सडक किनारका भित्ता र रेलिङहरुमा पनि झण्डा र ब्यानर टाँगिएको छ ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने र्‍याली प्रदर्शनी मार्गमा भेला भएर सभामा परिणत हुने छ । मोर्चाले कोटेश्वर हुँदै पूर्वबाट आउनेहरु बबरमहलमा भेला भएर अगाडि बढ्ने तयारी छ । ललितपुरतर्फबाट आउनेहरु कुपण्डोलमा, कलंकी हुँदै पश्चिमतर्फबाट आउनेहरु त्रिपुरेश्वरमा, बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरु सोह्रखुट्टेमा भेला हुनेछन् । त्यसपछि १२ बजेदेखि जुलुस सुरु गर्ने तयारी छ । सो जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन
भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट