जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १० चैत, काठमाडौँ ।
  • भ्रष्टाचार निवारण (पहिलो संशोधन ) ऐन २०८१ कार्यान्वयनमा आएसँगै अब जनताको काम नगर्ने, जिम्मेवारी पन्छाउने र कामचोर कर्मचारीहरूमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नसक्ने बाटो खुलेको छ ।
  • सरकारले गत चैत्र ३ गते सो ऐन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको हो ।

१० चैत, काठमाडौँ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन ) ऐन २०८१ कार्यान्वयनमा आएसँगै अब जनताको काम नगर्ने, जिम्मेवारी पन्छाउने र कामचोर कर्मचारीहरूमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नसक्ने बाटो खुलेको छ । सरकारले गत चैत्र ३ गते सो ऐन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको हो ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको संशोधित ऐन कार्यान्वयनमा ल्याएसँगै जिम्मेवारी पन्छाउने, बद्नियतपूर्वक जनताको काम समयमा नै नगर्ने प्रवृत्तिका कारण सार्वजनिक संस्था वा व्यक्तिलाई हानि नोक्सानी पुग्न गएमा त्यस्ता राष्ट्रसेवकमाथि अख्तियारले छानबिन गरी भ्रष्टाचारको मुद्दा लगाउन सक्ने बाटो खुला भएको हो ।

अख्तियारले त्यस्ता राष्ट्रसेवकमाथि भ्रष्टाचारको मुद्दा दायर गर्दै कसुरको मात्राअनुसार छ महिनासम्म कैद र हानि नोक्सानीको बिगो खुलेकोमा बिगोबमोजिम र बिगो नखुलेकोमा ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय गराउन सक्ने नयाँ कानुनी व्यवस्था गरिएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
०८४ मा एमालेले एकल बहुमत ल्याउँछ: प्रधानमन्त्री
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
चितवनमा १६ जना सवार माइक्रो बस ट्यांकरसँग ठोकियो
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड