चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • ५ चैत, काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी)का चारवटा जवस मोर्चाको संयुक्त बैठक बसेको छ ।
  • मंगलबार सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।

५ चैत, काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी)का चारवटा जवस मोर्चाको संयुक्त बैठक बसेको छ । मंगलबार सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका हुन् । नेता ज्वालाका अनुसार बैठकले चैत १० गतेभित्र पार्टीका सल्लाहकार, केन्द्रीय आयोग र विभागहरूको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै संयुक्त बैठकले समाजवादी मोर्चाले आयोजना गरेको (चैत १५ गते) को वृहत् जनप्रदर्शन र सभालाई भव्य रूपमा सम्पन्न गर्न आयोग र विभागहरूले व्यापक तयारी गर्ने निर्णय गरेको छ । चार दलीय मोर्चाले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने
आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले पीएसओ नपाउने
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी