राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २६ फागुन, काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतवार पूर्व राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् ।
  • शाहीले सामाजिक सञ्जालमा एउटा नोट लेख्दै रिमालले योगी आदित्यनाथको तस्वीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् ।
  • साथै उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेकोसमेत बताएका छन् ।

 

२६ फागुन, काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतवार पूर्व राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । शाहीले सामाजिक सञ्जालमा एउटा नोट लेख्दै रिमालले योगी आदित्यनाथको तस्वीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेकोसमेत बताएका छन् ।

उनले भनेका छन्- ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स, लेलिन, माओ कुन देशका हुन् ?’ यद्यपि, सांसद शाहीले उक्त आरोप पुष्टि हुने आधार भने प्रस्तुत गर्न भने सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो