सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १६ फागुन, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक भूकम्पको क्षति विवरणबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ।
  •  भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ।
  •   प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ।

 

१६ फागुन, काठमाडौँ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक भूकम्पको क्षति विवरणबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ।  भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ।  प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ।

इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ। भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ।  जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ।

हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहे पनि भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ