१० किलो लागूऔषध गाँजासहित एक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन ७, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • अमरेश कुमार पाण्डे ७ फागुन, बारा ।
  •   प्रहरीले १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
  • राजमार्गमा सवारी चेकजाँचका क्रममा प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट एक पुरुषलाई गाँजासहित पक्राउ गरेको छ ।

अमरेश कुमार पाण्डे

७ फागुन, बारा ।  प्रहरीले १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । राजमार्गमा सवारी चेकजाँचका क्रममा प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट एक पुरुषलाई गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ का ३७ वर्षीय सूर्य पाख्रिन रहेका छन् । हेटौंडाबाट वीरगंज तर्फ जाँदै गरेको ना४ख ७१६५ नम्बरको बसमा सवार पाख्रिनले झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वको प्रहरी टोलीले बस जाँच गर्दा पाख्रिनलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?