अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ३०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •  ३० माघ, काठमाडौं।
  • संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ ।
  • संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

 ३० माघ, काठमाडौं।

संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुदैँछ । बिहान ११ः३० बजेवाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफल जारी रहनेछ ।

बैठक अपरान्ह १२ः१५ बजेबाट सुरू हुने जनाइएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। बैठक दिउँसो १ः३० बजे बोलाइएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । बिहान ११ः३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरुका बारेमा छलफल हुने सबन्धित समितिले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय
नेपालमा टेलिग्राम एप बन्द