प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ २९, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २९ माघ, काठमाडौँ ।
  • डयुटीमा रहेका प्रहरीमाथि  कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
  •  प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।

 

२९ माघ, काठमाडौँ । डयुटीमा रहेका प्रहरीमाथि  कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृह मन्त्री लेखक माथी प्रश्न उठाएका छन् । उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।

अखिल नेता पक्राउ नगर्ने गृह मन्त्री लेखक पदमा बसिरहन उचित नहुनेसमेत खनालको तर्क छ ।  गत माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई एमाले निकट अखिलका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेकाे आरोप  लागिरहेकाे छ । तर, अरू पक्राउ पर्दा पनि उनलाइ भने पक्राउ नगरी मुद्दासमेत नचलाइएको भन्दै जनमानसमा राेष पैदा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अखिल क्रान्तिकारीको मतगणनामा विवाद