भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ २६, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २६ माघ , काठमाडौँ :दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ।
  • शुक्रबार दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो।
  • भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए।

 

२६ माघ , काठमाडौँ :दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ। शुक्रबार दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो।

भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए। त्यहाँ उनी डेरामा बस्दै आएका थिए। उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ हो। शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेका थिए।अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका कारण महराको घटनास्थलमै मृत्यु भएको हो। ‘यतातिर धेरै भरिलो अप्ठ्यारो बाटो छ, भीरबाटै खसेर यहाँ धेरैले ज्यान गुमाएका छन्, उहाँको पनि घटनास्थलमै मृत्यु भयो,’ उनले भने। प्रधानाध्यापक महराको  श्रीमती, दुई छोरा, दुई छोरीहरू छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी