नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २६, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २६ पुस,  काठमाडौं।
  • काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ ।
  • महानगर प्रमुख बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै बुधवार मन्त्रालयलाई पत्र लेखेका हुन् ।

 

२६ पुस,  काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ । महानगर प्रमुख बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै बुधवार मन्त्रालयलाई पत्र लेखेका हुन् ।

‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं टावरको विवादमा मुछिएपछि बिदामा छन् । उनी विदामा बसेपछि महानगरले गोविन्द प्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो । उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?