हृदयाघातबाट पालिका कर्मचारीको निधन
सारांश
- २१ पुस, हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ ।
- आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
- सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए ।
२१ पुस, हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया