प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २०, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   २० पुस, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गरेका छन् ।
  • सडक उद्घाटन कार्यक्रममा उनले सोलुखुम्बुको पर्यटकीय विकासमा सडकले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

 

२० पुस, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गरेका छन् । सडक उद्घाटन कार्यक्रममा उनले सोलुखुम्बुको पर्यटकीय विकासमा सडकले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

प्रधानमन्त्री ओलीले सडक पूर्वाधारले सोलुखुम्बुको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवालाहरू र स्थानीयवासीको उपस्थिति थियो । सडकको उद्घाटनका लागि प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका थिए ।सडक सञ्चालनमा आएसँगै सोलुखुम्बुका पर्यटकीय क्षेत्रहरूमा सहज पहुँचका लागि यातायात थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यस सडकको निर्माणले खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने स्थानीय व्यवसायीहरूले बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दिगो वन व्यवस्थापनमा ध्यान दिन जरूरी भइसक्यो’
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते