इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर ३०, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ३० मंसिर, काठमाडौं ।
  • इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ ।
  • इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् ।

 

३० मंसिर, काठमाडौं । इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् ।

बीबीसीका अनुसार मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ । यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको छ । इजरायलका अनुसार त्यो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको थियो । त्यसैले त्यहाँ आक्रमण गरेको इजरायली सेनाको दाबी छ । तर इजरायलको यस्तो दाबीमा हमासले खण्डन गर्दै आएको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो । गत वर्ष अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जना इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै युद्ध घोषणा गरेको थियो । त्यसयता इजरायलले गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मृत्यु भएको हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
कीर्तिपुरका मेयर राजकुमार‌ नकर्मीको निधन 
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ