चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १०, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   १० मंसिर, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् ।
  • छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

 

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
जेन–जी आन्दोलनका ४५ जना मृ*तकलाई सहिद घोषणा, सुची सहित
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र