विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
सारांश
- १ मंसिर, जनकपुरधाम ।
- विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या गएका छन् ।
- भगवान राम र सीताको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट २१ मंसिरमा विवाह पञ्चमीका दिन आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि शनिबार प्रस्थान गरेका हुन् ।
१ मंसिर, जनकपुरधाम । विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या गएका छन् ।

भगवान राम र सीताको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट २१ मंसिरमा विवाह पञ्चमीका दिन आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि शनिबार प्रस्थान गरेका हुन् । तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे । मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया