जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक २६, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डौ।
  • जाजरकोटमा सोमबार बिहान करिब ११:३० बजे बाग ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको छ।
  • भेरी नगरपालिका–७, स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्गको कुदु नजिकै दुर्घटनामा परेको हो।

काठमाण्डौ।

जाजरकोटमा सोमबार बिहान करिब ११:३० बजे बाग ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको छ। भेरी नगरपालिका–७, स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्गको कुदु नजिकै दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको प्राथमिक उपचार कुदुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ