ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन ७, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ६ असोज, काठमाडौं ।
  • अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ ।
  • अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् ।

 

६ असोज, काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ ।

अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् । अभियोजकतर्फका अधिकारीहरुले गुगलबाट प्राप्त हुने विवरण काफ्ले बेपत्ता प्रकरणमा महत्वपूर्ण प्रमाण साबित हुनसक्ने बताएका छन् । ‘जियो लोकेसन’सहितको विवरण अनुसन्धानमा महत्वपूर्णमा बन्न सक्छ’, एक अधिकारीले भनेका छन्, ‘सर्च गरेका वेवसाइटहरुबाट पनि केही क्लू हात लाग्न सक्छ ।’

मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए ।त्यसमाथि अदालतमा भएको सुनुवाइका क्रममा अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको जानकारी गराएका थिए । ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए । प्रहरीले त्यसको क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेशन डाटा निकाल्ने प्रयास गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुले ममताको हत्या भइसकेको हुनसक्ने आशंका गरेका छन् ।

तर, हालसम्म फेला नपरेकाले नरेशविरुद्ध शरीर लुकाएको अभियोग मात्र लगाइएको छ । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पु¥याएको छ ।अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ