बालेनको निर्णयको विरोधमा उत्रिइन् उपमेयर सुनिता

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १८, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १८ भदौ , काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन्।
  • मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन्।
  • यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले बताइन्।

 

१८ भदौ , काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन्।मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन्। यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले बताइन्। उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन्।

प्रमुखस्तरीय निर्णयअनुसार यसबारे सूचना प्रकाशित भएको पाइएको भन्दै सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन ? यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन। यो राम्रो पद्धति होइन। ’ उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत जनाइन्। यो विषयमा बैठकमा अन्य जनप्रतिनिधिले पनि प्रश्न उठाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?