साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • १ भदौ, काठमाडौं ।
  • चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।
  • महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व उठेको छ ।

१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व उठेको छ । चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत हो ।चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ उठाउने लक्ष्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सुनको मूल्यले बनायो नयाँ रेर्कड
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान