केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण १५, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   १५ साउन, भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ।
  • पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ।
  • मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

 

१५ साउन, भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ।

पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ। टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ। यसबारे विस्तृत विवरण भने आइसकेको छैन। केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ।

केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
रास्वपा नेतृ राई एमालेमा प्रवेश
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
रौतहटमा कार र ट्याक्टर ठोकिँदा १ जना मजदुरको मृत्यु
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
अपडेट :हेलिकप्टर दुर्घटनामा सवार सबै ७ जनाको मृ*त्यु
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने