लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • कवना घाटे आवना जाउना, कवना घाट सजाउना हे… आ कवन घाटे लाग्ल छठी माईके विछौना हे… पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकदेखि युवटुब लगायत सबै तिर लोकप्रिय बन्दै गएको छ यो‌ छठ गीत।
  • ६ दिन अगाडि Ravi Raj Shah Official नामक युट्युब च्यानलबाट अपलोड भएको गीतले समाचार तयार गर्दासम्म लाखौं भ्युज पाइसकेको छ ।
  • गीतका गायक हुन् रविराज शाह।

कवना घाटे आवना जाउना, कवना घाट सजाउना हे…

आ कवन घाटे लाग्ल छठी माईके विछौना हे…

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकदेखि युवटुब लगायत सबै तिर लोकप्रिय बन्दै गएको छ यो‌ छठ गीत। ६ दिन अगाडि Ravi Raj Shah Official नामक युट्युब च्यानलबाट अपलोड भएको गीतले समाचार तयार गर्दासम्म लाखौं भ्युज पाइसकेको छ । गीतका गायक हुन् रविराज शाह। नेपाल टेलिकमले प्रायोजन गरेको यो गीतलाई सामाजिक सञ्जाल प्रयोगर्ताहरुले कलर टोनमा राख्नसमेत आग्रह गरेका छन । छोटो समयमा लाखौं मानिसको मन जित्न सफल गीतको भिडियोमा लोक सँस्कृति झल्किने भाका तथा नृत्य समेत प्रस्तुत गरिएकोछ।

रविराजले भोजपुरी भाषामा गाइएको यो छठ गीतमा पर्साको बिरगंज,सर्लाही सदरमुकाम मलंगवा तथा धनुुषाको जनकपुर धाम स्थित रहेको छठी घाटहरुलाई समेत समेटेर तयार पारिएको यो गीतले सिङ्गो मधेशलाई नै प्रतिनिधित्व गरेको छ । गायक शाहको पछिल्लो गीतहरु समेत लोकप्रिय हुँदैआएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ