जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १, २०८०
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १ मंसिर, जाजरकोट ।
  • चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ ।
  • भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

१ मंसिर, जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो । प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार
सातै प्रदेशमा मतदान जारी
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु