अवकाशपछि २ सचिव पद रिक्त, को-को भए बढुवा सिफारिस ?

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १५, २०८०
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • १५ कात्तिक, काठमाडौं ।
  • नेपाल सरकारका निजामती सेवाका सचिवहरु डा.
  • दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाश भएका छन् ।

१५ कात्तिक, काठमाडौं । नेपाल सरकारका निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाश भएका छन् ।

रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालय र थापा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत थिए । दुई सचिवको अवकाशसँगै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस पनि गरिसकेको छ ।

प्रशासनतर्फको रिक्त सचिवका लागि लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव राधिका अर्याल, कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको छ । तीन जनामध्ये बाट एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ ।

रिक्त इन्जिनियरिङतर्फको सचिवका लागि भने विश्वबाबु पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको छ । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएको हो । मन्त्रिपरिषद बैठकले उनलाई इन्जिनियरिङतर्फको सचिव नियुक्त गर्ने पक्का छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
सभामुख घिमिरेबाट संसद अधिवेशन अन्त्यको घोषणा
कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन