मकवानपुर प्रहरीद्वारा सुरक्षा जाँचमा कडाई

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • प्रमोद सहनी / मकवानपुर १ कात्तिक मकवानपुर।
  • मकवानपुर प्रहरीले सुरक्षा जाँचमा कडाई गरेको छ ।
  • इलाका प्रहरी कार्यालय र प्रहरी चौकी रातोमाटेको संयुक्त टोलीले तालिम प्राप्त कुकुर सहित नाकाको चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रमोद सहनी / मकवानपुर

१ कात्तिक मकवानपुर। मकवानपुर प्रहरीले सुरक्षा जाँचमा कडाई गरेको छ । इलाका प्रहरी कार्यालय र प्रहरी चौकी रातोमाटेको संयुक्त टोलीले तालिम प्राप्त कुकुर सहित नाकाको चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

नेपालको सबैभन्दा ठुलो भन्सार नाका रक्सौलबाट नेपाल प्रवेश हुने अधिकांश सवारीहरु चुरियामाई नाकामा हुँदै काठमाडौं, पोखरा, भरतपुर लगायतका शहरहरुमा जाने गर्छन् । यही नाका हुँदै दैनिक हजारौँ सवारी आवातजावत गर्ने गर्छन् । यही नाका हुँदै अवैध रुपमा विभिन्न प्रकारका सामग्री तथा प्रतिवन्धित सामग्रीहरु आयात तथा निर्यात हुने गर्दछ।

चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागुऔषध, अवैध कर छलिका सामाग्री, पटाका लगायतका विष्फोटक पदार्थ लुकाइछिपाइ भित्र्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको प्रवक्ता भण्डारीले बताए । तालिम प्राप्त डग सहित बिशेष चेकिङ डिउटीले सुरक्षा व्यवस्था थप प्रभावकारी हुने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
प्रधानमन्त्रीले अघि सारेका १७ नयाँ नीति (सूचीसहित)
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ