काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १ चैत,काठमाडौं ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् ।
  • बिहीबार आयोगमा बुझाइएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ ।

१ चैत,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् । बिहीबार आयोगमा बुझाइएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ ।

थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत सवारी साधन भाडा खर्च तथा इन्धन खर्च, प्रतिबद्धता पत्र, नमुना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि एक लाख १२ हजार ६६ रुपैयाँ खर्च गरेका छन्। साथै विद्युतीय माध्यमबाट प्रचारप्रचारका लागि डिजाइन, फोटो र अडियोका लागि चार लाख ५२ हजार र अध्ययन अनुसन्धान र सामाजिक सञ्जालमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

विभिन्न बैठक, गोष्ठी तथा कार्यकर्ता परिचालनअन्तर्गत पार्टी बैठकका लागि १ लाख ७४ हजार ७४९, घरदैलोमा १ लाख ८६ हजार, निर्वाचन र मतगणना अवधिमा कार्यकर्ता परिचालनमा २ लाख ४८ हजार खर्च गरेका छन् । साथै, आठ वटा मोबाइल सेट खरिदमा ९ हजार ६०० रुपैयाँ, र रिचार्ज कार्डमा ९ हजार रुपैयाँ खर्च भएको छ । खर्च विवरणमा स्टेशनरी र विविध शीर्षकमा १ लाख ४४ हजार ४०८ रुपैयाँ गरी कुल २३ लाख २९ हजार ७५३ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?