सर्लाही–४ मा मतगणना सुरु
सारांश
- २२ फागुन, सर्लाही ।
- सर्लाही क्षेत्र नम्बर ४ को मतगणना भरखरै सुरु भएको छ ।
- बलरा नगरपालिका वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ ।
२२ फागुन, सर्लाही ।
सर्लाही क्षेत्र नम्बर ४ को मतगणना भरखरै सुरु भएको छ । बलरा नगरपालिका वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेश कुमार सिंह, नेकपा एमालेबाट अमनिश राय, नेपाली कम्युनिस्ट पार्टीबाट रामेश्वर राय यादव लगायत उम्मेदवार छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया