मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   १७ फागुन,काठमाडौं ।
  • केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि आवरणमा युद्धको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण आफूलाई निदाउनसमेत नसकेको उल्लेख गरेका छन् ।

 

१७ फागुन,काठमाडौं ।

केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि आवरणमा युद्धको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण आफूलाई निदाउनसमेत नसकेको उल्लेख गरेका छन् । उनले सो क्षेत्रमा रहेका लाखौं नेपाली नागरिक आपत र त्रासको अवस्थामा रहेको भन्दै उनीहरूका परिवार नेपालमा पलपल छट्पटाएर बस्नु परेको बताए ।

ओलीले लेखेका छन् ‘मध्यपूर्वका देशहरूमाथिको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृश्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवार यहाँ छट्पटाएर बस्नु परेको छ ।’ उनले आजको खुला विश्वमा रोजगारी, शिक्षा र अवसरका लागि नागरिकहरू विश्वभर आवतजावत गर्नु स्वाभाविक भए पनि युद्ध र भूराजनीतिक चपेटा अस्वाभाविक र खतरनाक अवस्था भएको टिप्पणी गरे । शक्तिको स्वार्थका कारण कतिपय देशहरू विवशतामा युद्धतर्फ धकेलिनुपर्ने अवस्था आएको पनि उनको भनाइ छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?