आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ २३, २०८२
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •   २३ माघ, सर्लाही ।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हिजो बिहिवार  इलाका प्रहरी कार्यालय (इप्रका) बरहथवा, सर्लाहीको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
  • उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा नियन्त्रण तथा अन्य सामाजिक समस्याको प्रभावकारी सम्बोधनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

२३ माघ, सर्लाही ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हिजो बिहिवार  इलाका प्रहरी कार्यालय (इप्रका) बरहथवा, सर्लाहीको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा नियन्त्रण तथा अन्य सामाजिक समस्याको प्रभावकारी सम्बोधनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस भवनमार्फत सेवा प्रवाहको गुणस्तर वृद्धि भई नागरिकमैत्री प्रहरी सेवा अझ सुदृढ हुने बताए। प्रहरी महानिरीक्षक कार्कीले विगत लामो समयदेखि बेलायत सरकार तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले नेपाल प्रहरीको क्षमता अभिवृद्धि, पूर्वाधार विकास, तालिम तथा समुदायसँगको सहकार्यमा निरन्तर सहयोग पुर्‍याउँदै आएको उल्लेख गरे। साथै आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएकाले सम्पूर्ण प्रहरी कर्मचारीलाई थप जिम्मेवार र सक्रिय हुन निर्देशन दिए। उनले भने, “हामी अहिले निर्वाचनको मुखमा छौँ। त्यसैले सबै दर्जाका प्रहरीहरूले आफ्नो भूमिकालाई अझ सशक्त बनाउँदै मुख्य ध्यान निर्वाचनलाई सभ्य, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन केन्द्रित गर्नुपर्छ।” निर्वाचन अवधिभर नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै निष्पक्ष र विश्वासिलो वातावरण निर्माण गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

 

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गरे भने यूएनअप्सका अपरेसन म्यानेजर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले स्वागत मन्तव्य दिएका थिए। यूएनअप्सको सहयोगमा कुल २ करोड ३७ लाख ६३ हजार ३ सय ८२ रुपैयाँ ५७ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
सुनको मूल्य अहिलेसम्मकै उच्च
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
आज पनि घट्यो सुनको मूल्य
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली