कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   ११ माघ, काठमाडौं ।
  • नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
  • उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे ।

 

११ माघ, काठमाडौं ।

नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे । उनले सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले जितेमा देशलाई हराभरा र समृद्ध बनाउन सकिने बताए ।उनले भने, ‘देश बदल्नको लागि हामीले बद्लिनुपर्छ, सोच बद्ल्नु छ । त्यो सोच बदल्नको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ ।

कांग्रेसलाई जिताउन सक्यौं भने देशलाई हराभरा बनाउन सकिन्छ । अहिले हामी निर्वाचनको प्रचार गर्ने शैली बदल्ने छौं । हिजोका दिनमा सयौं गाडि गुडाएर प्रचार गर्ने शैलीले जनताको कति मन जित्न सक्यो यसको पनि समिक्षा गर्न आवश्यक छ ।’ निर्वाचन प्रचारप्रसारको शैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताउँदै उनले विगतमा सयौं गाडी प्रयोग गरेर गरिएको प्रचारले जनताको कति मन जित्न सक्यो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले बताए । कार्यक्रममा तामाङले भावी प्रधानमन्त्रीका रूपमा चित्रित कांग्रेस नेता गगन थापाको पनि चर्चा गरे । उनले गगन थापा देशभर कांग्रेस जिताउने अभियानमा सक्रिय रहेको र आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छोडेर तराईको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको उदाहरण प्रस्तुत गरे ।

तामाङले थापाको उम्मेदवारीले नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट हुने भन्दै कांग्रेसका नेता केवल काठमाडौंमा सीमित नभई तराई, पहाड र हिमाल सबैलाई समान रूपमा हेर्नुपर्ने सन्देश दिएको बताए । उनले भने, ‘निर्वाचित भएर गएका प्रतिनिधिहरुले कति जनताको काम गर्न सके यो पनि हामीले समिक्षा गर्न जरुरी छ । भावी प्रधानमन्त्री गगन थापा देशभरी कांग्रेस जिताउन लागिरहनु भएको छ । आफ्नो क्षेत्र ४ नं छोडेर उहाँ आज तराई सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्दै हुनुहुन्छ । सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्नु भनेको कांग्रेस पार्टीको दृष्टी, नेपाली कांग्रेसको नेता केवल काठमाडौंलाई मात्र हेर्ने होइन तराई पनि हेर्नुपर्छ, पहाड पनि हेर्नुपर्छ, हिमाल पनि हेर्नुपर्छ भनेर भावी प्रधानमन्त्री आफ्नो क्षेत्र छोडेर तराई रोज्नु भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुक्तिनाथधाममा पदमार्ग निर्माण
त्यागको मूल्य नपाएको गुनासो गर्दै प्रकाश जापान उड्न लागे
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी