गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ ९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ पुष, काठमाडौं ।
  • नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ ।
  • शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीकोरूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

 

९ पुष, काठमाडौं ।

नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीकोरूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । उनले भने,‘स्पष्ट ,विनम्र,बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरेको छौं ।’

उनले नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवारमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने दाबी गरे । नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवार भनेर आउने मध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने सम्भावना छ,’ उनले भने । उनले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरे । मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामथ्र्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ