चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष ७, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ ।
  • यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बराबर हो ।

 

काठमाडौं ।

चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ ।यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बराबर हो । परियोजनाको पहिलो चरणले मात्र वार्षिक ७ लाख ४० हजार टन कार्बन उत्सर्जन घटाउने अनुमान गरिएको छ ।

चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन (सीइइसी) द्वारा विकास गरिएको यस परियोजनाले ठूलो मात्रामा हाइड्रोजन उत्पादन र हरित हाइड्रोजन, एमोनिया तथा मेथानोलको एकीकृत संश्लेषणमा महत्वपूर्ण प्राविधिक उपलब्धि हासिल गरेको बताइएको छ ।

कम्पनीका अध्यक्ष नी झेनले नयाँ ऊर्जाको उतार–चढावलाई रासायनिक पदार्थको स्थिर उत्पादनसँग सफलतापूर्वक जोड्न सकिएको उल्लेख गर्दै यसले देशभर हरित हाइड्रोजनमा आधारित रासायनिक उद्योगको विकासका लागि व्यवहारिक मार्ग प्रशस्त गरेको बताए ।

यसैबीच, सीएमबी.टेकका प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्डर सेभरीसले परियोजनालाई ढुवानी उद्योगको कार्बन उत्सर्जन घटाउने दिशामा ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?