सरकार निर्माण भएको तीन महिनाको बीचमा गृह मन्त्रालयको पहिलो काम स्थितिलाई सामान्यीकरण गरी सुरक्षाको प्रत्याूभति गर्नुरहेको भन्दै मन्त्री अर्यालले क्षत–विक्षत सार्वजनिक कार्यालय र संरचनाहरूको कार्यालयको पुनस्र्थापना गरी सेवा सुचारू गर्दाको चुनौती स्मरण गरे । ‘यसका लागि निर्माणमा सहयोग गर्ने निजी क्षेत्र, नागरिक समाजलगायत सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु,’ गृहमन्त्री अर्यालले भने । उनले जेनजी आन्दोलनलाई अपनत्व ग्रहण गरी सरकारले दस्तावेजीकरणका साथ जेनजी माग र सहिदका सपनालाई टुंगोमा पुर्याउने गरी प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच सम्झौता भएर राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको पनि बताए ।
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
सारांश
- २९ मंसिर, काठमाडौं ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् ।
- कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् ।
२९ मंसिर, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् । ‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ सोही बमोजिम तयारी भइरहेको अवस्था छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्धारित मितिमा निर्वाच्न सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ ।’

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया