मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २ मंसिर, जनकपुरधाम ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न नदिइएको आरोप गर्दै उनका समर्थक मंगलबार जनकपुरधाममा सडक आन्दोलनमा उत्रिएका छन्।
  • जनक चोकमा आयोजित धर्नामा एमालेका नेता-कार्यकर्तासहित स्थानीय समर्थकहरूको सहभागिता थियो।

२ मंसिर, जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न नदिइएको आरोप गर्दै उनका समर्थक मंगलबार जनकपुरधाममा सडक आन्दोलनमा उत्रिएका छन्। जनक चोकमा आयोजित धर्नामा एमालेका नेता-कार्यकर्तासहित स्थानीय समर्थकहरूको सहभागिता थियो। एमाले महोत्तरी अध्यक्ष बलिराम यादवले संविधानको रक्षा र निर्वाचित मुख्यमन्त्रीलाई अवरोधविना काम गर्न दिनुपर्ने मागसहित धर्ना गरिएको बताए। उनका अनुसार विपक्षी दलहरूले राजनीतिक द्वन्द्वका कारण मुख्यमन्त्री यादवको काममा जानीजानी अवरोध गर्दै आएको आरोप छ।

यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत मंगलवार अन्तरिम आदेश जारी गर्दै दीर्घकालीन निर्णय नलिन सरकारलाई निर्देशन दिएको थियो। यही विवादका बीच सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा सातदलीय गठबन्धनले आन्दोलनमार्फत मुख्यमन्त्रीको काममा अवरोध गरिरहेको आरोप मुख्यमन्त्री यादवका समर्थकहरूले लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको एउटै कार्यालयमा १ अर्ब ९ करोड बेरुजु
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
सुनको मुल्य तोलामा १८ सय ले बढ्यो
शिक्षक-कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो