७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २५ कात्तिक, जनकपुर ।
  •    मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ ।
  • हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहान ८ः३० बजे देखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएको छ ।

२५ कात्तिक, जनकपुर ।  

मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ ।हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहान ८ः३० बजे देखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएको छ । सात दलिय गठबन्धनमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।

उनीहरुले आज गर्ने विरोध प्रदर्शनमा सहभागी हुन घटक दलका सम्पूर्ण नेता तथा कार्यकर्ता एवं न्याय प्रेमी जनतालाई आग्रह गरेका छन् । हिजो बेलुकी मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामस्थित मधेश भवनभित्र अस्थायी रुपमा बनाइएको मुख्मन्त्री कार्यालयमा पदभार ग्रहण गरेका थिए । सोही समयमा मधेश भवन अगाडि ७ राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका थिए । प्रदर्शन भइरहेकै समयमा सुरक्षाकर्मीले लाठी चार्ज सुरु गरेपछि दजर्न बढी नेता कार्यकर्ताहरु घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

एक जना नेताको खुट्टा नै भाँचेको छ । समाचार संकलनका लागि गएका एक जना सञ्चारकर्मीको पनि टाउको फुटेको छ । सात दलिय गठबन्धनले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नियुक्ति खारेजी गर्नु पर्ने माग राखेको छ । उनीहरुले हिजो भएको लाठी चार्जमा संलग्न सुरक्षाकर्मीहरुलाई पनि कारवाही गर्नुपर्ने माग अघि सारेका छन् । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका अन्य सदस्यहरुलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं