राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १९, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् ।
  • उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्दै कम्पनी व्यवस्थापनलाई वित्तीय विश्लेषणमार्फत मोडालिटी छिट्टै तय गरी पेश गर्न आग्रह गरेका छन् ।

१९ कात्तिक, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्दै कम्पनी व्यवस्थापनलाई वित्तीय विश्लेषणमार्फत मोडालिटी छिट्टै तय गरी पेश गर्न आग्रह गरेका छन् ।

मन्त्री घिसिङका अनुसार, जग्गा अधिग्रहण, वन क्षेत्रको प्रयोग, रुख कटानको क्षतिपूर्ति, भन्सार तथा मूल्यवृद्धि करमा छुट र पेट्रोलियम आयात करको केही रकम आयोजनामा प्रयोग गर्दा लगानी सहज हुन सक्छ भने नेपाल विद्युत प्राधिकरणको साधारण सेयर निष्कासनबाट पनि पूँजी सङ्कलन गर्न सकिन्छ ।=आयोजनामा ५० प्रतिशत स्वःपूँजी र ५० प्रतिशत ऋण हुने गरी सरकारको भार नपर्ने मोडालिटी तयार गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । परामर्शदाताको सन् २०१५ प्रतिवेदन अनुसार आयोजनाको लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको थियो भने हालको मूल्यमा २ अर्ब ७७ करोड अमेरिकी डलर (३ खर्ब ३२ अर्ब रुपैयाँ) पुगेको छ । कम्पनीले दुईवटा मोडालिटी तयार गरेको छ; भिजिएफ नपाएमा इक्विटी र ऋण अनुपात २५ः७५ र भिजिएफ उपलब्ध भएमा ३०ः७० हुने प्रस्ताव गरिएको छ । इक्विटी रकम सरकार, प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारणबाट सङ्कलन गर्ने योजना छ ।

आयोजनाको जग्गा प्राप्तिमा करिब ९० प्रतिशत प्रगति भइसकेको छ भने गोरखा र धादिङका ८,११७ प्रभावित परिवारमध्ये ३,५६० पूर्ण विस्थापित हुनेछन ्। परियोजनाअन्तर्गत धादिङ र गोरखामा २६३ मिटर अग्लो कर्भेचर आर्च बाँध निर्माण हुनेछ, जसले ६३ वर्ग किलोमिटर क्षेत्रफलमा जलाशय सिर्जना गर्नेछ र वार्षिक ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मन्त्री घिसिङले बूढीगण्डकीलाई ऊर्जा सुरक्षाका दृष्टिले रणनीतिक महत्वको आयोजना भन्दै छिट्टै लगानी मोडालिटी तय गर्न सरकारको प्रयास तीव्र बनाइरहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति