निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २७, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २७ असोज, काठमाडौं ।
  • सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले  निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
  • सिंहदरबारस्थित मन्त्रालयमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गगरेका छन् ।

२७ असोज, काठमाडौं ।

सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले  निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गगरेका छन् । ‘निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन मिडियाकर्मीले भूमिका खेल्न आवश्यक छ’, मन्त्री खरेलले भने, ‘मुलुुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन । त्यसैले यसमा सबैको सहयोगका लागि मिडिया महत्त्वपूर्ण माध्यम हो ।’


उनले राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे। अब निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने भन्दै मन्त्री खरेलले व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
‘राजनीतिक दल र ‘जेन-जी’ समूहलाई संवादमा ल्याएर संवादहीनताको अन्त्य भएको छ । यसले निर्वाचनको वातावरण बनिरहेको छ’, उनले भने, ‘निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्द्धन, पुनर्निर्माण र विकास सरकारको मूल दायित्व हो । यसमा सबै लागौँ ।’   मन्त्री खरेलले ‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको समर्थन रहेको स्पष्ट पारे । छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिए । उनीहरूले निर्वाचनको माहोल बनाउन राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिनुपर्ने, सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?