जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २१, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २१ असोज, काठमाडौं ।
  • भदौ २३ को जेन-जी प्रदर्शन र २४ गतेको ध्वंसात्मक घटनामा घाइते भएकाहरु अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
  • दुवै दिनको घटनामा दुई हजार बढी घाइते भएकोमा ३० जनाको अहिले पनि उपचार भैरहेको छ ।

२१ असोज, काठमाडौं ।

भदौ २३ को जेन-जी प्रदर्शन र २४ गतेको ध्वंसात्मक घटनामा घाइते भएकाहरु अझै विभिन्न अस्पतालमा उपचाररत छन् । दुवै दिनको घटनामा दुई हजार बढी घाइते भएकोमा ३० जनाको अहिले पनि उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा सबैभन्दा बढी घाइते रहेका छन् । त्यहाँ ११ जनाको उपचार चलिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पाँच, केएमसी र बिएनबी अस्पतालमा तीन–तीन जना घाइते उपचाररत छन् । निजामती अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, ह्याम्स अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र पोखरा एकेडेमी अफ हेल्थ साइन्समा एक–एक जना घाइतेको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ  छ ।

जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर दुई हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने दुई हजार २३७ जना निको भएर घर फर्किएका छन् । ९८५ घाइतेले एम्बुलेन्स प्रयोग गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, १५ जनाले १६ वटा संघीय अस्पतालको जेन-जी क्लिनिकबाट सेवा लिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
एनपीएलको अक्सन आज हुदै