कमला नदीको पूर्वी किनारतर्फ सिरहाको १७ पटेरुवाको तटबन्धमा पनि बाढीले क्षति पुर्याएको छ । त्यसबाट अनुमानित २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । यसैगरी लालबकैया नदीको दायाँ किनारतर्फ मौलापुर नगरपालिका–१ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बाढीले बगाएको छ । त्यसबाट करिब १०० हेक्टर धान खेतमा क्षति पुगेको छ ।
यस्तै बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाउँदा २०० हेक्टर धान खेतमा क्षति भएको छ । करिब २०० वटा घर–गोठ समेत डुबानमा परेका छन् । यीबाट अनुमानित ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । महोत्तरीको रातो नदीले बलवा नगरपालिकाका वडानम्बर २, १० र ११ मा क्षति पुर्याएको छ। बन्चौरी, लेउरी, भल्नी र भगवतीपुर गरी ३९० मिटर तटबन्ध बाढीले बगाएको छ ।
साथै लोहरपट्टीमा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारामा २० मिटर, जलेश्वर नगरपालिकाका १, ४ र ७ नम्बर वडामा पर्ने बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बाढीले बगाएको छ । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान गरेको विवरण छ । साथै सदरमुकाम जलेश्वर समेत बाढीको चपेटामा परेको छ । महोत्तरीमा अनुमानित ८ करोड बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया