नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन ७, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ७ असोज, काठमाडौं ।
  • आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।
  • नवरात्रको पहिलो दिन सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

७ असोज, काठमाडौं ।

आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ । आज पनि विभिन्न शक्तिपीठहरुमा पूजा गर्नेहरुको भिड लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
चितवनको रत्ननगरमा एक बालकको श*व फेला
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै