काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २ असोज, काठमाडौं ।
  • सत्ता नै उथलपुथल पार्ने जेनजी आन्दोलनपछि काठमाडौँसहित देशभरका प्रहरीहरूको जिम्मेवारी एकसाथ हेरफेर गरिएको छ।
  • प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गर्ने निर्णय गरेका हुन्।

२ असोज, काठमाडौं ।

सत्ता नै उथलपुथल पार्ने जेनजी आन्दोलनपछि काठमाडौँसहित देशभरका प्रहरीहरूको जिम्मेवारी एकसाथ हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गर्ने निर्णय गरेका हुन्।  सरुवाको यो निर्णयसँगै काठमाडौँ प्रहरी परिसरका २ जना नै एसपी परिवर्तन गरिएको छ। एसएसपीको कमान्डमा हुने काठमाडौँमा प्रमुख पनि तत्कालै हेरफेर गर्ने तयारी गृह मन्त्रालयले गरेको छ।

कतिपय स्थानमा सरुवाको समय भइसकेको र कतिपय स्थानमा भने तत्काल आवश्यकताका आधारमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको दाबी छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहरा र कुलदीप चन्द सरुवा भएका छन्।  अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालमा सरुवा गरिएको छ। बोहराको स्थानमा काठमाडौँमा पवन कुमार भट्टराईलाई ल्याइएको छ। भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए। तर काठमाडौँ परिसरको फिल्ड कमान्डमा काबिल ठहरिएका उनलाई ५ महिनामै पुनः ल्याइएको हो। यसअघि उनी डीएसपी हुँदा पनि काठमाडौँमा काम गरेका थिए।

यसअघि कुलदिप चन्दलाई पनि काठमाडौँमा खटाइएकोमा यसपटक भने एक जना मात्रै एसपी राख्ने सम्भावना छ। चन्दको स्थानमा यादव ढकाल सरुवा भएका छन्। तर उनको दरबन्दी लुम्बिनी प्रदेशमै छ। चन्दलाई भने काजमा परिसर खटाइएको थियो।  उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरी पनि सरुवा भएका छन्। उनको स्थानमा नरेशराज सुवेदीले जिम्मेवारी पाएका छन्। सुवेदी यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनमा कार्यरत थिए।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा नारायण प्रसाद चिमरिया र सिताराम रिजाललाई ल्याइएको छ। यस्तै सीआईबीमा पनि एसपीहरू हेरफेर भएका छन्।

भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन प्रहरीसहित ७३ जनाको मृत्यु भएको छ। प्रदर्शनकारीको आक्रमणमा मारिने तिनैजना प्रहरी काठमाडौँमा कार्यरत थिए। महाराजगन्ज वृत्तमा कार्यरत २ जना र कोटेश्वर प्रभागमा कार्यरत एक जना प्रहरी मारिएका हुन्।  २३ गते प्रहरीले अत्याधीक बल प्रयोग गर्दा स्थिति बिग्रिएको थियो। प्रहरीको उक्त कार्यको आलोचना भइरहेको छ। प्रहरीको गोली लागेर, आन्दोलनकारी आफैले लगाएको आगोमा जलेर र कारागारबाट भाग्ने क्रममा कैदीमाथि गोली प्रहार गर्दा ७० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
१३ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य